मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

काठमाडौँमा भएको सवारी दुर्घटनामा अधिकारकर्मी पन्थीको निधन

पोखरा । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–५४ पोखराका संयोजक तथा मानव अधिकारकर्मी बिष्णुहरी पन्थीको काठमाडौँमा भएको सवारी दुर्घटनामा परी निधन भएको छ ।

काठमाडौँको बल्खु नजिक २०८२ पुस १६ गते भएको सवारी दुर्घटनामा पोखराबाट काम विशेषले काठमाडौँ जानुभएका पन्थीको मृत्यु भएको हो ।

ललितपुरको सातदोबाटोमा काम सकेर पोखरा फर्कने क्रममा उहाँ पठाओमार्फत दुईपाङ्ग्रे सवारी साधनमा कलङ्कीतर्फ जाँदै गर्दा दुर्घटनामा पर्नु भएको जनाइएको छ ।

दुर्घटनापछि सडकमा पछारिनु भएका पन्थीलाई पछाडिबाट आउँदै गरेको ट्रिपरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वर्गीय पन्थीको स्थायी घर तनहुँको सेराबेंसी भए पनि उहाँका परिवार केही वर्षदेखि पोखरा लेखनाथ–स्थित गगनगौंडा पावरहाउस नजिक बस्दै आउनु भएको थियो । उहाँ नेपाली कांग्रेस तनहुँको क्षेत्रीय समितिमा समेत सक्रिय हुनुहुन्थ्यो ।

पन्थीका श्रीमती र दुई छोरी छन् । दुवै छोरी क्यानाडामा रहेकाले उहाँहरू नेपाल आइपुग्न समय लाग्ने भएपछि पन्थीको शव पाटन अस्पतालमा राखिएको थियो ।

पारिवारिक स्रोतका अनुसार २०८२ पुस २० गते पोखरा लेखनाथ–स्थित गगनगौंडा पावरहाउस नजिक उहाँको सद्गत गरिएको छ ।

Author

Related News