मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

गणतन्त्र दिवसको अवसरमा पुनर्मिलन कार्यक्रम सम्पन्न

मधु पन्थी,  पोखरा ।

सृजनाको परिकल्पना समुन्नत समाजको स्थापना भन्ने मूलनाराका साथ स्थापित संस्था  सृजना विकास केन्द्र पोखरा गणतन्त्र दिवसको अवसरमा संस्थाका सदस्यहरू बिच पुनर्मिलन कार्यक्रम २०८२ जेठ १५ गते पोखरामा सम्पन्न भयो ।

प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका  वडा नं ८ अध्यक्ष रूद्रप्रसाद बरालले सृजना विकास केन्द्रले विगतमा महत्त्व पूर्ण कार्य गरेको स्मरण गर्दै आगामी दिनमा स्थानिय तहले केन्द्रसँग समन्वय गरी मानवअधिकार, महिलाअधिकार, बालअधिकार, स्वास्थ र शिक्षासँगसम्बन्धी गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले २०३७ सालमा स्थापित संस्थाद्वारा सञ्चालित कार्यक्रम तथा गतिविधिहरूका बारेमा प्रकाश पार्नु भयो संस्थाद्वारा लघुवित कार्यक्रमलाई बैङ्किङ कार्यक्रममा रूपान्तरण,  माध्यमिक विद्यालयस्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता, बालगृहका बालबालिकालाई पारिवारिक पुनर्मिलन जस्ता कार्यक्रम गरेको बताउनु भयो ।

उहाँले कृषि पर्यटन कार्यक्रम सञ्चालन, स्वास्थ शिविर, रक्तदान कार्यक्रम नियमित सञ्चालन, लागुपदार्थ विरूद्व जनचेतना कार्यक्रम, स्वास्थ्य तथा वातावरण, सडक दौड, खानेपानी परियोजना, जनप्रिय बहुमूखी क्याम्पस स्थापना, सृजना बहिरा विद्यालय स्थापना गरेको बताउनु भयो ।

यो अबसरमा संस्थालाई योगदान पुर्‍याउनु हुने ४० जना महानुभावहरूलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

Author

Related News