ललितपुर । नेकपा एसले बामपन्थी दलहरूसँग एकता गर्न लागेका बेला पार्टीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्भावित एकतामा विमति जनाउनु भएको छ ।
तर, उहाँले क्रान्तिकारी र प्रगतिशील पार्टीहरूको कार्यगत एकतामा भने जोड दिनु भएको छ ।
जेनजी आन्दोलनकारीबाट जिउँदै जलाइएकी श्रीमती रविलक्ष्मीको उपचारका लागि दिल्लीमा रहनु भएका खनालले २०८२ असोज २६ गते वक्तव्य जारी गर्दै पार्टी एकताको कुरा कुबेलाको सहनाई भन्नु भएको छ ।
उहाँले यस्तो प्रयासलाई भड्खालोमा जाने बाटो भन्दै पार्टी बलियो बनाउन आह्वान गर्नु भएको छ ।
उहाँले भन्नु भएको छ-‘सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरौं ।’