मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नियोक गण्डकी प्रदेश समिति पुनर्गठन, संयोजकमा विष्णुप्रसाद बराल

पोखरा । मानव अधिकारकर्मी, सामाजिक सङ्घसंस्था तथा नागरिक समाजका प्रतिनिधिहरूको भेलाले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेश समितिको पुनर्गठन गरेको छ ।

२०८२ कात्तीक १३ गते पोखरामा सम्पन्न भेलाले विष्णुप्रसाद बरालको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

पुनःगठित समितिमा सर्वपक्षीय, समावेशी, अपाङ्गता र जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

नवनियुक्त संयोजक तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बरालले स्वतन्त्र र निष्पक्ष निर्वाचन पर्यवेक्षणका सिद्धान्तअनुसार राजनीतिक दलका नेता तथा सक्रिय कार्यकर्तालाई नियोकका कुनै पनि समिति वा पर्यवेक्षकमा समावेश नगरिने स्पष्ट पार्नु भयो ।

उहाँले नियोकलाई नेपालको पुरानो र सबैभन्दा ठूलो निर्वाचन पर्यवेक्षण संस्था भएको उल्लेख गर्दै आगामी निर्वाचनका लागि समिति पुनःगठन गरिएको बताउनु भयो ।

भेलामा इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले सङ्घीय संसद् निर्वाचनको पर्यवेक्षणले विशेष महत्व राख्ने बताउनु भयो ।

उहाँका अनुसार संसद् भङ्गपछि बनेको सरकारद्वारा आयोजित निर्वाचन निष्पक्ष, तटस्थ र स्वतन्त्र हुनुपर्ने भएकाले नागरिक तहबाट हुने पर्यवेक्षण अझ महत्वपूर्ण रहनेछ।

पुनःगठित कार्यसमिति यस प्रकार रहेको छः

  • संयोजक: विष्णुप्रसाद बराल
  • सहसंयोजक: सुमित्रा गायक
  • सचिव: विनाकुमारी शिलवाल
  • कोषाध्यक्ष: कमलकान्त लामिछाने
  • सदस्यहरू: गिरीधारी सुवेदी, विमला गुरुङ, सरला त्रिपाठी भण्डारी, खेमप्रसाद पौडेल, भेषराज लम्साल, मधु पन्थी, डिल्लीप्रसाद शर्मा

यस्तै, पदेन सदस्यका रूपमा गण्डकी प्रदेशका ११ ओटै जिल्लाका जिल्ला अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

नियोकका सातै प्रदेशमा प्रदेश समिति र ७७ ओटै जिल्लामा जिल्ला समिति रहेका छन् । गण्डकी प्रदेश समितिको सचिवालय तथा सम्पर्क कार्यालय पोखरा महानगरपालिका-८ सिमलचौरस्थित सृजना विकास केन्द्रमा रहने पनि जनाइएको छ ।

Author

Related News