काठमाडौँ । चर्चित भारतीय अभिनेता प्रदिप रावतको निधन भएको छ । पत्नी कल्याणीका अनुसार मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा अभिनेता रावतको निधन २०८३ साउन १९ गते भएको हो ।
त्यसपछि उहाँको शवलाई त्यहाँबाट नजिकै पर्ने गोरेगाउँस्थित निवासमा लगिएको थियो । ७४ वर्षिय रावत रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
२०८३ साउन २० गते बेलुका मुम्बइमै उनको अन्तिम संस्कार गरिने भएको छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि गोरेगाउँस्थित घरमा दिउँसो २ देखि ४ बजेसम्म राखिने जनाइएको छ ।
हिन्दी चलचित्रसँगै तेलुगु, तमिल, कन्नड, मलयालम, बङ्गाली, भोजपुरी, नेपाली र मराठी भाषाका चलचित्रमा समेत आफ्नो अभिनय कौशल प्रस्तुत गरेका रावत बहुआयामिक कलाकारका रूपमा परिचित हुनुहुन्छ ।