ललितपुर । विश्व स्वास्थ्य सङ्गठनले गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर आवश्यक पर्ने जनाएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका बताउनु भएको छ ।
अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ ओटाबाट सेवा दिइएको पनि उहाँले उल्लेख गर्नु भएको छ ।
‘गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ । ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तिमा सात अर्ब खर्च हुनेछ ।’-उहाँले भन्नु भयो ।