मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

रसुवा बाढी : सिन्धुलीका ३६ जना सम्पर्कविहीन

सिन्धुली । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा कार्यरत सिन्धुलीका ३६ जना नागरिक सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार २०८३ भदौ १० गते बुधबार बिहान आएको बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् ।

प्रशासनबाट प्राप्त विवरणअनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण, होटल तथा अन्य क्षेत्रमा काम गर्ने सिन्धुलीका नागरिकहरू सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनबाट बाढी प्रभावित क्षेत्रमा रहेका तथा हालसम्म सम्पर्कविहीन व्यक्तिहरूको खोजी, उद्धार र राहतका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा रहेका सिन्धुलीका नागरिकको अवस्थाबारे जानकारी सङ्कलन तथा खोजी कार्यका लागि सम्बन्धित प्रशासन र सुरक्षा निकायसँग समन्वय भइरहेको बताउनुभएको छ ।

बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सेवा अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन कठिनाइ भइरहेको प्रशासनले जनाएको छ ।

बाढीपछि सम्पर्कविहीन भएका नागरिकका परिवारजन भने आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा छन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार