ललितपुर । पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा २०८३ जेठ २७ गते विशेष कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत बज्रबाराही मन्दिरलाई बेन्च हस्तान्तरण गरेको छ ।
संस्थाद्वारा आयोजित कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य, शुभेच्छुक तथा स्थानीयको सहभागिता रहेको थियो ।
स्थापना दिवसको अवसर पारेर मन्दिर परिसरमा प्रयोग हुने बेन्च हस्तान्तरण गरी संस्थाले सामाजिक तथा सामुदायिक योगदानलाई निरन्तरता दिएको जनाएको छ ।
कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले सहकारी केवल वित्तीय कारोबारमा सीमित नभई सामाजिक उत्तरदायित्व र सामुदायिक सहयोगका कार्यमा पनि सक्रिय रहँदै आएको बताएका थिए ।
स्थापना दिवसको अवसरमा सहकारीले संस्थाका शेयर सदस्य, शुभचिन्तकलगायतलाई शुभकामनासमेत व्यक्त गरेको छ ।
