मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

पूर्वेली सेकुवा कर्नर एण्ड रेष्ट्रोको तेस्रो शाखा पोखरामा सुरू 

पोखरा । पोखरा भिजिट वर्ष २०२५ को सन्दर्भ  पारी ‘पूर्वेली सेकुवा कर्नर एण्ड रेष्ट्रो’को  पोखरा महानगरपालिका वडा नं ५ पर्स्याङमा २०८२ भदौ १ गते  वडा अध्यक्ष बिष्णुप्रसाद बरालले शुभारम्भ गर्नु भएको छ ।

अध्यक्ष बरालले स्थानीय  स्वाद र पूर्वेली परिकारलाई प्रवर्धन गर्ने यो प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै पूर्वेली स्वादलाई ब्रान्डका रूपमा स्थापित गर्दै आएका युवा व्यवसायी तथा लोकप्रिय टिकटकर राजु घिसिङले सुरू गर्नुभएको ‘पूर्वेली सेकुवा कर्नर’ ले पोखरामा सेवा  विस्तार गरेकोमा प्रशंसा गर्नु भयो ।  

लायन्स क्लब इन्टरनेशनल ३२५ आईका निर्वतमान डिस्ट्रिक गर्भनर एवम् सामाजिक अभियन्ता विनोद ढुङ्गानाले  पूर्वेली सेकुवा कर्नरले पोखरावासी मात्र नभई  सिङ्गै प्रदेशवासी एवम् पोखरा घुम्नआउने पाहुनालाई समेत मौलिक स्वादका साथै स्वच्छ र आधुनिक वातावरणमा खानपिनको नयाँ विकल्प दिने अपेक्षा गरिएको बताउनु भयो ।

पूर्वेली सेकुवा कर्नरका सञ्चालक राजु घिसिङले काठमाडौँको अपार सफलता पछि तेस्रो शाखा पोखरामा सुरू गरेको जानकारी दिनु भयो । 

सञ्चालक घिसिङले करिब ५५ देखि ६० लाख  रूपियाँको  लागतमा व्यवसाय सञ्चालन गरेको बताउँदै प्रत्यक्ष १४ जना युवायुवतीलाई रोगजार दिएको उल्लेख गर्नु भयो ।

रेष्ट्रोमा पाल्नुहुने  पाहुनालाई आरामदायी वातावरण र सेवासुविधालाई विशेष ध्यान दिइएको घिसिङको भनाई रहेको छ ।

कार्यक्रममा वडा सदस्य गोविन्द पराजुली, सामाजिक अभियान्ता सन्तोष थापा लगायतले  रेष्ट्रो व्यवसायलाई सफल र युवाले गरेको शुभ कार्यलाई सफल बनाउन हामी सबैले सहयोग गरि विदेशी पलायन हुन  लागेको युवाहरू शक्तिलाई प्रोत्साहित गरी सम्मान गर्नु पर्नेमा जोड दिनु भयो ।

Author

Share the News

Recent News

Related News