ललितपुर । सरकारले २०८२ असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा २०८२ भदै ३० गते सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालका अनुसार असोज १ गते सार्वजनिक बिदा दिएर झण्डा झुकाउने निर्णय गरिएको छ ।
जेनेरेशन जेड आन्दोलनका क्रममा देशभर ७२ जनाले ज्यान गुमाएका छन् भने १ हजारको हाराहारीमा नागरिक घाइते भएका छन् ।
सो क्रममा लुटपाट र आगजनीका कारण अरबौँ रुपियाँ बराबरको नोक्सानी भएको छ ।
आन्दोलनले जननिर्वाचित सरकारलाई विस्थापित गरी अहिले अनिर्वाचित सरकारले सत्ता सम्हालेको छ ।
यो सरकारलाई ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई ट्र्याकमा ल्याउनु पर्ने मुख्य जिम्मेवारी रहेको छ ।