मानव आवाज

२०८३ बैशाख १६ गते
00: 00: 00
२०८३ बैशाख १६ गते

रथबाट नरिवल खसाल्ने दिन ललितपुरमा सार्वजनिक बिदा

ललितपुर । ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’दिनका अवसरमा २०८३ वैशाख १६ गते स्थानीय बिदा दिने निर्णय गरेको छ ।

रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि वैशाख १६ गते परेकाले महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।

ललितपुरको पुलचोकमा ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई विराजमान गराई गत वैशाख ८ गतेदेखि रथ तान्ने कार्य सुरु गरिएको थियो । 

रथलाई गाःबहाल, मङ्गलबजार, सुनधारा हुँदै लगनखेल पुर्‍याइएपछि बलि पूजा सम्पन्न गरी आज रथको टुप्पोबाट नरिवल खसाल्ने परम्परा रहँदै आएको छ ।

धार्मिक परम्परा र संस्कृतिको सम्मानका साथ महानगरपालिकाले तीन वर्षअघि देखि ‘नरिवल खसाल्ने’ दिनलाई स्थानीय बिदाका रूपमा घोषणा गर्दै आएको छ ।

Author

Share the News

Related News