काठमाडौँ । सरकारले निर्वाचनको दिनलाई लक्षित गरी २०८२ फागुन २०, २१ र २२ गते विदा दिएसँगै यो साता नै विदाको साता हुने भएको छ ।
मन्त्रिपरिषद्को २०८२ फागुन १२ गते बसेको बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएसँग यस्तो अवस्था बनेको हो ।
फागुन १८ र १९ गते पहाड र तराईमा होली विदा छ । फागुन २३ गते शनिबार र फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विदा छ । त्यसो त फागुन १६ गते शनिबार परेकाले फागुन १७ गते पनि कार्यालयीय कामकाज प्रभावित हुन सक्छ ।
कार्यालयमा कामकाज भएकाहरुलाई यो निर्वाचनमा देशका जुनसुकै ठाउँमा पनि आउजाउ गर्न पर्याप्त समय मिलेको छ ।
निर्वाचन आयोगले पनि निर्वाचनका दिनमा गत वर्षहरूमा जस्तो यातायात बन्द नगर्ने विकल्पमा छलफल तीव्र बनाएको छ ।
यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

(फोटोः हाम्रो पात्रोको स्क्रिनसट)