मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

पोखरा महानगरपालिका-२५ को सार्वजनिक सुनुवाइ सम्पन्न 

मधु पन्थी, पोखरा । 

माछापुच्छ्रे मिडिया एण्ड मल्टीपर्पोज प्रालिको समन्वयमा पोखरा महानगरपालिका वडा नम्वर २५ को वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा  वडाबाट नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका कामको कार्य सम्पादनमा  केन्द्रित भई सार्वजनिक सुनुवाइ कार्यक्रम २०८२ असार २३ गते हेम्जामा सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाइमा सेवाग्राहीहरूले पछिल्लो समय वडामा भएको विकास निर्माण, सेवा सुबिधाका सम्बन्धमा र वडास्तरीय कार्यक्रमहरू असारेतन्त्र नभइ समयसिमा भित्र सम्पन्न गर्ने गरि वार्षिक कार्ययोजना अनुसार गर्नु पर्नेमा जोड  दिनु भयो ।

त्यसैगरी जग्गा जमिनको हालसाबिकी झन्झटिलो भएकोले यसको समस्या यथाशीघ्र हल गरिनु पर्ने, पुराना घरहरू, सार्वजनिक सम्पत्तिको अभिलेखिकरण र संरक्षण हुनु पर्ने,  सर्वसुलभ एवम् गुणस्तर शिक्षा र स्वास्थ्यको क्षेत्रमा बिशेष ध्यानदिनु पर्ने,  सेवाग्राहीलाई प्रदान गरिने  सेवा प्रवाहलाई अझै व्यस्थित र सरल बनाउनु पर्ने भनाई राख्नु भयो ।

सेवाग्राही तथा नागरिकहरूले राखेका  गुनासा तथा सुझावहरूको सम्बोधन वडा अध्यक्ष मोतीलाल तिमिल्सिना र जनप्रतिनिधिहरूले  गर्नु भएको थियो ।

वडाध्यक्ष तिमिल्सिनाले  योजनासहित बजेट छुट्याएका योजनामा उपभोक्ता समितिले महत्त्व दिएर समयमा नै सम्पन्न गरी आइपर्ने समस्याको समाधान गर्न जरूरी रहेको बताउनु भयो ।

Author

Related News