मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रदेश सरकारको पहलः फाखेल र सिस्नेरी मार्गमा यातायात सुचारु

ललितपुर । बागमती प्रदेश सरकारको पहलमा काठमाडौं–हेटौंडा जोड्ने दुवै वैकल्पिक नाका फाखेल र सिस्नेरीतर्फका सडकमा पहिरो हटाइ यातायात पुनः सुचारु गरिएको छ।

असोज १७ गतेदेखि १९ गतेसम्मको वर्षाका कारण दुवै मार्गमा आएका पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो ।

प्रदेश सरकारको पहलमा विभिन्न निकायसँगको समन्वयमा तीव्र रुपमा काम गरी असोज २० गतेदेखि दुवै मार्गबाट सवारी आवागमन सहज बनाएको जनाइएको छ ।

प्रदेश सरकारका कृषि तथा पशुपंछी विकास मन्त्री मधुसुदन पौडेलका अनुसार फाखेल हुँदै हेटौंडा जाने मार्ग र सिस्नेरी मार्ग दुवैमा अब साना तथा ठूला सवारी साधनहरू सहजै सञ्चालन गर्न सकिनेछ ।

उहाँले भन्नु भयो- ‘म अहिलेपनि पहिरो प्रभावित क्षेत्रमै खटिएको छु । कसरी जनतालाई सहज र छरितो सेवा दिने भन्नेमा हामी दिन रात खटिएका छौँ ।’

मन्त्री पौडेलका अनुसार यि दुई ओटा बाटोको निर्माण तथा मर्मत सम्भारको दायित्व पनि प्रदेश सरकारकै हो । तसर्थ प्रदेश सरकारले समन्वय गरेर यि बाटोलाई सुचारू गर्न पहिलो पहल लिएको हो ।

कान्ति लोकपथको निर्माण तथा मर्मत सम्भारको दायित्व सङ्घीय सरकारको हुँदा सङ्घबाट प्रयास भइरहेको बुझेको पनि उहाँले बताउनु भयो ।

उहाँका अनुसार ललितपुरतर्फ बाटोको पहिरो पन्छाएर सवारीसाधन गुड्न थालेको भएपनि मकवानतर्फको पहिरो पन्छाउने काम भइरहेको हुँदा केही समय लाग्नेछ ।

पहिरोले अवरुद्ध स्थानमा थप क्षति हुन नदिन सतर्कता अपनाइएको र जोखिमपूर्ण स्थानमा स्थायी समाधानका लागि पनि तयारी भइरहेको मन्त्री पौडेलले बताउनु भयो ।

Author

Related News