मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

द्वन्द्वपीडितद्वारा न्यायको माग गर्दै धर्ना

काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरुले २०८२ मङ्सिर ५ गते सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् ।

उनीहरुले दलीय भागबण्डाको आधारमा नियुक्त पदाधिकारीले न्याय दिन नसक्ने भन्दै धर्ना दिएका हुन् । उनीहरुले आयोगका पदाधिकारीहरुको राजीनामा समेत मागेका छन् ।

पीडित झन्झन् पीडामा-सङ्क्रमणकाल नै सङ्क्रमणमा !

धर्नामा बसेकाहरुले बोकेको ब्यानरमा ‘विधि प्रक्रिया र मापदण्ड मिचेर तेस्रोपटक पनि दलीय भागबण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल खारेज गर ।’ भनी लेखिएको छ ।

द्वन्द्वपीडित सुमन अधिकारीले पदको लोभ त्यागेर राजीनामा दिन पदाधिकारीहरुलाई आग्रह गर्नु भएको छ ।

नयाँ पदाधिकारी नियुक्तिका लागि विश्वसनीय र पारदर्शी प्रक्रिया अपनाउन पनि उहाँले अनुरोध गर्नु भएको छ ।

Author

Related News