मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

समृद्धि सबैका लागि आवश्यकः भण्डारी

ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि सीमित व्यक्तिका लागि नभई आम जनताले महसुस गर्ने गरी हुनुपर्नेमा जोड दिनु भएको छ ।

काठमाडौँमा २०८२ साउन ८ गते आयोजित ‘राइजिङ नेपाल समिट’मा प्रमुख वक्ताको रूपमा बोल्दै भण्डारीले समृद्धि सबैका लागि हुनु पर्ने बताउनु भएको हो ।

उहाँले भन्नु भयो-‘हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनु पर्दछ।’ 

भण्डारीले राजनीतिक स्थायित्व र विश्वासको वातावरण निर्माण गरेर मात्रै देशमा लगानी भित्र्याउन सकिने र त्यसको प्रतिफल सबै नागरिकसम्म पुर्‍याउनुपर्ने बताउनु भयो ।

लगानीसँगै रोजगारी, सामाजिक समावेशिता, ग्रामीण विकास र वातावरणीय जिम्मेवारी जस्ता विषयलाई सँगसँगै लैजानुपर्ने आवश्यकतामा उहाँले जोड दिनु भयो ।

Author

Related News