मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गण्डकीको नीति तथा कार्यक्रममा स्वास्थ क्षेत्रलाई प्राथमिकता

मधु पन्थी, पोखरा ।

गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम २०८२ जेठ २१ गते सार्वजनिक भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नु भएको छ ।

राइड सेयरिङ सञ्चालनसम्बन्धी नियमावली बनाएको गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको आन्दोलन र सङ्घ सरकारको हस्तक्षेपपछि एक महिनालई स्थगन गरिएको राइड सेयरिङलाई लागू गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रदेश प्रमुख भट्टले आर्थिक वर्ष २०८२/८३ वर्षको नीति तथा कार्यक्रम पढ्दै राइड सेयरिङलाई प्रभावकारी नियमन र व्यवस्थापन गरिने बताउनु भयो ।

नीति तथा कार्यक्रममा गण्डकी प्रदेशलाई आरोग्य पर्यटन हबको रूपमा विकास गर्ने सरकारको योजना रहेको छ । पोखराको ब्राण्डिङका लागि पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔं तथा राउण्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख छ ।

पर्यटन प्रवर्धनको उद्देश्यले पोखराको रुपा तालमा सिसाको पुल बनाउन सम्भाव्यता अध्ययन गर्ने नीति छ ।

नीति तथा कार्यक्रममा गोरखा दरबार, लिगलिगेकोट दरबार, मनकामना मन्दिर, लमजुङ दरबार, विन्दाबासिनी मन्दिर, लोमाङथाङ दरबार, मुक्तिनाथ मन्दिर, बागलुङ कालिका र पुरकोटा कालीकालाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गर्ने उल्लेख छ ।

नीति तथा कार्यक्रममा धार्मिक क्षेत्रलाई पर्यटकीय राजधानीसँग जोड्दै विश्व सम्पाद सूचीमा राख्न पहल गर्ने बताए ।

प्रदेश मातहतका अस्पतालमा जन्मजात रोगको पहिचान गर्न शिशुको स्क्रिनिङ गर्ने व्यवस्था मिलाउने प्रदेश सरकारको नीति रहेको छ । निःशुल्क डायलसिस सेवालाई निरन्तरता दिने र प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा एभी फिस्टुला सेवा निःशुल्क प्रदान गरिने भएको छ । 

गण्डकी प्रदेशको पर्यटन विकास र प्रवर्धन गर्न पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश अभियानलाई निरन्तरता, नसर्ने रोगको स्क्रिनिङ र उपचारको व्यवस्था, सिक्दै कमाउँदै, कमाउँदै रमाउँदै, ठूला अगुवा, आवासीय विद्यालय कार्यक्रमको प्रभावकारीता बढाउने लगायतका कार्यक्रम तय गरिएको छ ।

सङ्घ, प्रदेश, स्थानीय तह साझेदारीमा मुस्ताङमा उच्च पर्वतीय खेलकुद रङ्गशाला निर्माण कार्यलाई अगाडि बढाइने बताइएको छ । १ सय ३५ बुँदामा रहेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, समुन्नत अर्थतन्त्र निर्माण, रैथानेवालीको प्रबद्र्धन लगायतलाई प्रमुख प्राथमिकताका साथ जोड दिइएको छ।

Author

Related News