मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

राष्ट्रपतिबाट वैशाख १७ गतेका लागि बजेट अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् बैठक आह्वान गरेका छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा २०८३ वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

यो अधिवेशन बजेट अधिवेशन पनि हो । २०८३ जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ ।  बजेटअघि प्रि-बजेट छलफलसमेत हुने गर्छ ।

Author

Related News