मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

फेवा नववर्ष महोत्सवको तयारी पूरा, भोलि उद्घाटन हुँदै

पोखरा । “पर्यटन, संस्कृति र खाना” नारासहित आयोजना हुने २१औं संस्करणको फेवा नववर्ष महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।

महोत्सव २०८२ चैत २९ गते सुरु हुँदै २०८३ वैशाख १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धन तथा होटल सङ्घ पोखरा नेपालको आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको सङ्घका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खहरेदेखि सहिदचोकसम्मको सडक क्षेत्रमा महोत्सव आयोजना गरिनेछ र पर्यटकहरू पोखरा आउने क्रम सुरु भइसकेको छ ।

महोत्सवको उद्घाटन खहरे चोकबाट बिहान ११ बजे विभिन्न सांस्कृतिक झाँकी र र्‍यालीसहित सुरु भई अम्बोटमा पुगेर औपचारिक समारोहमा परिणत हुने कार्यक्रम रहेको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ अधिकृत मणिराज लामिछानेले विक्रम संवत्‌बारे युवा पुस्तामा जानकारी र चासो बढाउने उद्देश्यले बोर्डले महोत्सवमा सहकार्य गरेको बताउनुभयो ।

उनले विद्यालय तथा क्याम्पसहरूमा बिदा रहेको यस समयमा “घुम्न कहाँ जाने?” भन्ने प्रश्नमा पोखरा प्रमुख गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवलाई प्रत्येक वर्ष थप आकर्षक बनाउँदै लैजान बोर्डले निरन्तर सहकार्य गर्दै आएको पनि उहाँले बताउनुभयो ।

महोत्सवका अवसरमा होटल सङ्घअन्तर्गतका सदस्य होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् ।

साथै, इ–सेवामार्फत होटल बुकिङ गर्दा १० प्रतिशतसम्म क्यासब्याकको सुविधा पनि उपलब्ध गराइने जनाइएको छ ।

महोत्सवका मुख्य आकर्षणमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता रहेका छन् ।

Author

Related News