मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बागमती प्रदेशका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बीमाको तयारी

ललितपुर । बागमती प्रदेश सरकारले पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै प्रदेशका १३ जिल्लाका सञ्चारकर्मीहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।

भक्तपुरमा २०८२ भदौ १ गते आयोजित कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पत्रकारहरूका लागि बीमा कार्यक्रम तत्काल लागू गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो-“पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर छौँ । त्यसैले अब पत्रकारका परिवारले पनि स्वास्थ्य बीमाको सुविधा पाउनेछन् ।”

मन्त्री थापाले पत्रकारसहित पाँच जनाको परिवारलाई समूह बीमामा समावेश गरिने र त्यसको बीमा शुल्क प्रदेश सरकारले नै व्यहोर्ने स्पष्ट गर्नुभयो ।


कार्यक्रमका लागि चालु आर्थिक वर्षमा २० लाख रुपियाँको बजेट व्यवस्था गरिएको र कार्यविधि तयार गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार बीमाको प्राविधिक पक्षलाई डिजिटलमैत्री, पारदर्शी र सरल बनाउँदै पत्रकारहरूले सहज रूपमा सेवा पाउने व्यवस्था गरिनेछ ।

प्रदेश सरकारको यो निर्णयले बागमती प्रदेशका पत्रकारहरूलाई स्वास्थ्य सुरक्षाको ढुक्क साथ काम गर्न सक्ने वातावरण तयार गर्ने विश्वास गरिएको छ ।

सञ्चारकर्मीहरूलाई सम्मानका साथ सुरक्षाको प्रत्याभूति दिन सरकारले उठाएको यो कदमलाई सकारात्मक रूपमा हेरिएको छ।

Author

Related News