मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

जनसङ्ख्या २ करोड ९१ लाख, मतदाता १ करोड ९० लाख

काठमाडौँ । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ९० लाख ५ हजार ३ सय १४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार १९ वर्ष मुनीको जनसङ्ख्या १ करोड १० लाख ८१ हजार ९ सय ७९ रहेको छ । १८ वर्ष उमेरमा मात्रै मतदान गर्न पाउने प्रावधान छ ।

निर्वाचन घोषणा भएपछि ८ लाख भन्दा बढी मतदाता थपिएका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार २०८२ मङ्सिर ५ गतेसम्म तोकिएको समयसीमामा ८ लाख ३७ हजार ९४ मतदाता थपिएका हुन् ।

यसमा निर्वाचन कार्यालय पुगेर बायोमेट्रिक दिने मतदाताको सङ्ख्या ३ लाख ४४ हजार ९ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको सङ्ख्या ४ लाख ९२ हजार १ सय ८० रहेको छ ।

आयोगका अनुसार पछिल्लोपटक मतदाता नामावली दर्ता खुलाउनुअघि २०८२ कात्तिक १६ गतेसम्म १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाता थिए ।

Author

Related News