मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रहरीको अनुरोधः अगाडि नबढ्नुहोला, सुरक्षित हुनुहोला

ललितपुर । प्रहरीले चापागाउँबाट कान्ति लोकपथ हुँदै हेटौँडा जाने यात्रुहरूलाई यात्रा स्थगित गर्न अनुरोध गरेको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाले गरेको प्रक्षेपण अनुसार भारी वर्षा भइरहेकाले बाटोमा पहिरो आएर अवरोध भएको र थप पहिरो जान सक्ने भएकाले प्रहरीले अहिलेलाई यात्रा नगर्न अनुरोध गरेको हो ।

त्यसैगरी नागढुङ्गा-मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ ।

काठमाडौंको प्रमुख नाका नागढुङ्गामा तैनाथ प्रहरीहरुले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् ।

Author

Related News