मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

पोखरा ड्युटीमा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा दरबन्दी भई हाल सिआरभी भद्रकाली अन्तर्गत विशेष सुरक्षा योजनामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको निधन भएको हो ।

नवलपरासी (सुष्ता पूर्व) जिल्ला विनय त्रिवेणी गाउँपालिका-६ शिवपुरगढी निवासी थापा पोखरा महानगरपालिका-१३ गौंडाकोमुखमा ड्युटीमा रहेका बेला २०८२ कात्तिक ११ गते अचेत अवस्थामा फेला पर्नु भएको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा भेटिएपछि थापालाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाट पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार हवल्दार थापाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

Author

Related News