मानव आवाज

२०८३ भदौ १९ गते
00: 00: 00
२०८३ भदौ १९ गते

हरिको नेतृत्वमा पोखरा पर्यटन परिषद्

पोखरा । गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय गन्तव्य पोखराका पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्को २६औँ वार्षिक साधारण सभा तथा १४औँ महाधिवेशनले हरि भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

२०८३ भदौ १७ गते सम्पन्न अधिवेशनबाट भुजेल आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

परिषद्मा ३९ जना प्रतिनिधि रहेकामा भुजेलले २५ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी कृष्ण भण्डारीलाई १४ मतान्तरले पराजित गर्नुभयो । भण्डारीले ११ मत प्राप्त गर्नुभयो भने तीन मत बदर भएको थियो ।

अधिवेशनको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले पोखरासँगै समग्र गण्डकी प्रदेशको पर्यटन विकासमा सरकारको भूमिकाका विषयमा पूर्वाग्रहरहित ढङ्गले काम गर्ने बताउनुभयो ।

उहाँले पोखरालगायत यस क्षेत्रको दिगो र गुणस्तरीय पर्यटन विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष भुजेल पर्यटन व्यवसायीहरूको संस्था टानका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । अधिवेशनले परिषद्को सदस्यमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदीलाई सर्वसम्मत चयन गरेको छ ।

परिषद्को नयाँ कार्यसमितिले प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्षलगायतका पदाधिकारी भने पछि मनोनयन गर्नेछ ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार