मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरा महानगरको नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक 

मधु पन्थी, पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र उप-प्रमुख मञ्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

पर्यटकीय राजधानी एवम् दोस्रो ठूलो महानगरपालिका पोखरा महानगरपालिकाको २०८२ असार ८ गते आयोजित  १७ औं नगर सभामार्फत  प्रमुख  धनराज आचार्यले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

१ सय ८६ बुदाँमा  प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, शहरी विकास पर्यटनवन तथा वातावरण, पूर्वाधार विकास, संस्थागत सुशासन, तपाईं हाम्रो रहर, स्वच्छ महानगर निर्माण लगायतका विषयलाई उच्च प्राथामिकता दिइएको प्रमुख आचार्यले बताउनु भयो ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका उद्देश्य तथा प्राथामिकताहरू पूरा गर्न प्रस्तावित कार्यक्रमहरू कार्यान्वयनका लागि ८ अर्ब ३५ करोड १२ लाख रूपैयाँको बजेट पोखरा महानगरपालिकाकी उप-प्रमुख मञ्जुदेवी गुरुङले सार्वजनिक गर्नु भयो ।

प्रस्तुत बजेटको खर्च व्यहोर्ने स्रोतहरूमा सङ्घीय सरकार अनुदानबाट ३ अर्ब १ करोड ८१ लाख रुपियाँ अर्थात ३६.१३ प्रतिशत, आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख रुपियाँ अर्थात ६३.८७ प्रतिशत व्यहोरिने छ ।  

खर्च केन्द्रगत रूपमा कार्यपालिकाको कार्यालयतर्फ ५५ करोड रुपियाँ अर्थात १८.१५ प्रतिशत, सामाजिक विकासतर्फ ३८ करोड रुपियाँ अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड रुपियाँ अर्थात ३.४५ प्रतिशत, वडा कार्यालयतर्फ १ अर्ब रुपियाँ अर्थात १५.१६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड रुपियाँ अर्थात ४४.६४ प्रतिशत, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड रुपियाँ अर्थात ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।  

आन्तरिक राजश्व परिचालनतर्फ करक्षेत्रको अंश ३ अर्ब २३ करोड ७२ लाख २७ हजार रुपियाँ अर्थात ६१.८६ प्रतिशत रहेको छ भने स्थानीय राजश्व बाँडफाँडबाट १ अर्ब करोड १९ लाख १४ हजार रुपियाँ अर्थात १५.३३ प्रतिशत, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार रुपियाँ अर्थात ०.८० प्रतिशत, सङ्घीय राजश्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार रुपियाँ अर्थात ६.३२ प्रतिशत, सङ्घीय अनुदानबाट ५२ करोड ८७ लाख रुपियाँ अर्थात १०.१० प्रतिशत, प्रदेश अनुदानबाट ८ करोड १५ लाख ४६ हजार रुपियाँ अर्थात १.५५ प्रतिशत रहेको  उल्लेख गरिएको छ ।

पोखरा महानगरपालिकाको आर्थिक विधयेक २०८२ तथा विनियोजन विधयेक-२०८२ १७ औं नगर सभामा पेश गरिएको थियो ।

Author

Related News