मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखराका पत्रकार कमल पौडेल ‘अथक’ सम्मानित

पोखरा । स्याङ्जा-दरौं-पोखरा सम्पर्क समाज, पोखराद्वारा आयोजित तिहारको शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रममा पत्रकार कमल पौडेल ‘अथक’लाई सम्मान गरिएको छ ।

पोखरामा २०८२ साल कात्तिक १ गते आयोजित कार्यक्रममा रेडियो सराङकोटका समाचार प्रमुख तथा समयदृष्टि डटकमका प्रधान सम्पादक समेत रहनु भएका पौडेललाई पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।

समाजका अध्यक्ष दीपक रोकाहाका अनुसार पोखरामा रहेर दुई दशकदेखि पत्रकारिताको माध्यमबाट समाजमा उल्लेखनीय योगदान दिँदै आउनु भएका पौडेललाई सम्मान गरिएको हो ।

पौडेललाई मेजर लक्ष्मीप्रसाद गुरुङ र अध्यक्ष दीपक रोकाहाले खादा, माला र सम्मानपत्र सहित सम्मान गर्नु भएको छ ।

मेजर गुरुङले समाजमा सकारात्मक सोच र दृष्टिकोणको आवश्यकता रहेको उल्लेख गर्दै भन्नु भयो-“समाजका आँखा बन्ने पत्रकारलाई सम्मान गर्नु स्वयम् समाजप्रतिको कदर हो ।”

यसै अवसरमा समाजले अन्य कलाकारहरूलाई पनि सम्मान गर्नुका साथै आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेको थियो ।

सम्मान ग्रहण गर्दै पत्रकार पौडेलले समाजले गरेको सम्मानले आफूलाई पत्रकारितामा अझ जिम्मेवारीपूर्वक कार्य गर्न प्रेरित बनाएको प्रतिक्रिया दिनु भयो ।

कार्यक्रममा अर्जुनचौपारी-६ का वडा अध्यक्ष नारायण ढकाल, कार्यक्रम संयोजक प्रेम रोक्का क्षेत्री, निवर्तमान अध्यक्ष टेकनाथ पौडेल, सल्लाहकार खेमनारायण अर्याल, स्याङ्जा आरुचौर पोखरा सम्पर्क समाजका अध्यक्ष अमृत घिमिरे, स्याङ्जा रापाकोट सम्पर्क समाजका अध्यक्ष महेश्वर रिमाल, वरिष्ठ उपाध्यक्ष गोबिन्द काफ्ले, सहकोषाध्यक्ष लेखनाथ खनाल, सदस्य गीता पौडेल र समाजसेवी रामप्रसाद देवकोटा लगायतले शुभकामना व्यक्त गर्नु भयो ।

सांस्कृतिक कार्यक्रममा ताराबहादुर गुरुङ, भीमसरा घर्ती, रामचन्द्र ढकाल, जगत गुरुङ, लीलाराम पौडेल, दुर्गा खत्री, शिवराम ढकाल र गङ्गा परियार लगायत कलाकारहरूले विभिन्न गीतसङ्गीत प्रस्तुत गर्नु भएको थियो ।

Author

Related News