मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरा जोमसोम हवाई सेवा बन्द

मधु पन्थी, पोखरा ।

मनसुन सुरू भएसँगै पोखरा-मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको संख्यामा कमी आएसँगै र मौसम प्रतिकुलताका कारण दुई  निजी वायुसेवा कम्पनीद्वारा पोखरा जोमसोम हवाई उडान सेवा दुई महिनाका लागि बन्द गर्ने भएका छन् ।

पोखरा जोमसोम  रूटमा नियमित उडान भर्दै आइरहेको समिट एयरलायन्सको जहाजले २०८२ असार २१ गते अर्थात जुलाई ५  देखि दुई महिनाका लागि पोखरा जोमसोम हवाई उडान सेवा बन्द गर्न लागेको पोखरास्थित समिट एयरलायन्सका स्टेशन प्रमुख पोषणमणि त्रिपाठीले बताउनु भयो ।

अहिले यस रूटमा हवाई उडान दैनिक एउटा मात्रै रहेको र हवाई यात्रुको सङ्ख्या घट्दै आएको त्रिपाठीको भनाइ रहेको छ ।

उहाँले सेप्टेम्बरको पहिलो सातादेखि  उडान सेवा पुनः सञ्चालनमा आउने जानकारी दिनु भयो । यस रूटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलायन्सको जहाजले ०८२ असार २ गतेदेखि दुई महिनाका लागि उडान सेवा बन्द गरेको कम्पनीका पोखरा स्टेशन प्रमुख रविन्द्र शाहीले बताउनु भयो । 

मनसुन सुरू भएपछि हवाईमार्ग मात्रै नभइ सडकमार्गबाट पोखरा जोमसोम आउने जाने यात्रु  घटेको पर्यटन व्यवसायी भुवन पाण्डेले बताउनु भयो ।

Author

Related News