पोखरा । पोखरा महानगरपालिका–७ निवासी वरिष्ठ पत्रकार, कवि एवम् साहित्यकार रुद्रबहादुर थापा मगर पत्नीशोकमा पर्नु भएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीका अध्यक्ष समेत रहनुभएका थापामगरकी पत्नी राममाया थापामगरको निधन २०८२ मङ्सिर २२ गते भएको पारिवारिक स्रोतले जनाएको छ ।
६३ वर्षीया थापामगर क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।
राममायाको शव पोखरा महानगरपालिका–७ पुरानो एयरपोर्टस्थित निवासमा राखिएको छ । विदेशमा रहेका छोराछोरी फर्किएपछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
थापामगरकी पत्नीको निधनप्रति पत्रकारिता क्षेत्रमा संलग्न सङ्घसंस्थाहरूद्वारा गहिरो दुःख व्यक्त गरिएको छ ।
विभिन्न संस्था तथा सङ्गठनहरूले शोक विज्ञप्ति जारी गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल थापा परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।