मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ठैवको फूल्चोकी माविमा प्लाष्टिक निषेध

ललितपुर । फूल्चोकी माध्यमिक विद्यालयमा प्लास्टिक निषेध गरिएको छ । विश्व वातावरण दिवसका अवसरमा विद्यालयमा गठन गरिएको फूल्चोकी ग्रीन क्लबले पहिलो काम नै प्लाष्टिक निषेधबाट सुरु गरेको हो ।

विद्यालयलाई स्वच्छ र सफा राख्नको लागि सम्पूर्ण विद्यार्थीहरुलाई उक्त कार्यमा सघाउन क्लबले आग्रह गरेको छ ।

कक्षा चारदेखि कक्षा १२ सम्म अध्ययनरत १७ जना विद्यार्थीहरू ग्रीन क्लबमा आबद्ध छन् । सृष्टिका राईको अध्यक्षतामा यो क्लब गठन भएको र विद्यालयलाई स्मार्ट विद्यालय बनाउनको लागि विभिन्न नयाँ अवधारणाका साथ अगाडि बढिरहेको ग्रीन क्लबका फोकल शिक्षक नवराज सञ्जेलले जानकारी दिनुभयो ।

फूल्चोकी माध्यमिक विद्यालय बागमती प्रदेशले घोषणा गरेको नमूना विद्यालय हो । विगत पाँच वर्षदेखि शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधारमा अगाडि बढ्दै गरेको यस विद्यालयले विभिन्न नयाँ अभ्यासहरुलाई अगाडि बढाउँदै आएको छ ।

प्लास्टिक निषेधबाट विद्यालय परिसर सफा हुनुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पर्नेछ। प्लास्टिक प्रदूषण नियन्त्रण हाम्रो दायित्व भन्ने आदर्श नाराका साथ यस वर्षको विश्व वातावरण दिवस मनाइएको छ।

Author

Related News