मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

गोसाइँकुण्ड पुग्न नसक्नेका लागि कुम्भेश्वरमै तीर्थस्नान

ललितपुर । जनैपूर्णिमाको अवसरमा ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ ।

गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनले कुम्भेश्वर कुण्डमै स्नान तथा पूजा गरे तीर्थस्नानको पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण यहाँ विशेष चहलपहल देखिएको हो ।

२९८३ भदौ १२ गते बिहानैदेखि कुम्भेश्वर परिसरमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

भक्तजनहरू कुम्भेश्वर कुण्डमा स्नान गरी कुम्भेश्वर महादेवको पूजा तथा आराधना गरिरहेका छन् ।

कुम्भेश्वरमा जनैपूर्णिमाको अघिल्लो रात अर्थात् साउन शुक्ल चतुर्दशीदेखि मेला सुरु हुने र जनैपूर्णिमाको दिनसम्म विशेष धार्मिक विधि तथा पूजा सम्पन्न गर्ने परम्परा छ ।

साउन शुक्ल पक्षमा निर्धारित विधि पूरा गरी कुम्भेश्वर महादेवको स्वरूपलाई मन्दिरबाट बाहिर निकालेर कुण्डमा राख्ने धार्मिक परम्परासमेत रहेको छ ।

कुम्भेश्वर मेला गोसाइँकुण्डसँग जोडिएको धार्मिक आस्थाका कारण विशेष मानिन्छ । जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा स्नान गर्न नसक्ने भक्तजनले कुम्भेश्वर कुण्डमा स्नान र पूजा गरे समान धार्मिक पुण्य प्राप्त हुने जनविश्वास छ ।

यसै धार्मिक विश्वासका कारण काठमाडौँ उपत्यकासहित विभिन्न स्थानबाट भक्तजन कुम्भेश्वर पुग्ने गरेका छन् । जनैपूर्णिमाका अवसरमा यहाँ विशेष पूजा, आराधना तथा धार्मिक विधि सम्पन्न गर्ने गरिन्छ ।

२०८३ भदौ १० गते आएको विनाशकारी बाढीले गोसाइकुण्ड पुगेकाहरू अलपत्र परेका छन् भने कतिपय बाटैबाट फर्किए । केही तीर्थयात्रीको मृत्यु भएको र केहीको अवस्था अज्ञात रहेको बताइएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार