काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय चार दिन थप गरेको छ ।
२०८२ मङ्सिर १० गतेसम्मका लागि तय गरिएको समय २०८२ मङ्सिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मङ्सिर १० गतेसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरूको सङ्ख्या १ सय ३७ ओटा रहेको छ ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ । प्रतिनिधसभा निर्वाचनको प्रयोजनका लागि भने १ सय ६ ओटा दल सूचीकृत भएका छन् ।
