मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

जनप्रिय क्याम्पसको १० औँ अधिवेशनबाट अध्यक्षमा पहारी निर्वाचित

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिको १० औँ अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा राजेन्द्र पहारी निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदका लागि पहारी र पोखराका सामाजिक, आध्यात्मिक तथा मानवअधिकार आन्दोलनका सशक्त योद्धा विष्णुप्रसाद बरालबीच प्रतिस्पर्धा भएको थियो ।

निर्वाचनमा पहारीले २ सय ७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी बरालले १ सय ७३ मत प्राप्त गर्नुभयो । कुल ३ सय ८६ मत खसेकोमा ६ मत बदर भएको निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालले जानकारी दिनु भयो ।

निर्वाचन सदस्यहरूमा हेमबहादुर थापा (पराजुली), लक्ष्मीप्रसाद पौडेल, तिलकराम पौडेल, गणेशबहादुर अधिकारी, नम्रता बराल, गिरीराज चालिसे, ईन्द्रप्रसाद पौडेल, ई. शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल, विश्वकुमार बिजुक्छे र पदमबन्धु पोखरेल रहनुभएको छ ।

कार्य समितिको आगामी बैठकले उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ भने सदस्य सचिवको जिम्मेवारी क्याम्पस प्रमुखले निर्वाह गर्ने व्यवस्था रहेको छ ।

निर्वाचनमा कुल ५१६ जना मतदाता रहेकोमा ३८६ मत खसेको र सदस्यतर्फ ९३ मत बदर भएको संयोजक अधिवक्ता बरालले जानकारी दिनु भयो ।

बरालद्वारा धन्यवाद र बधाई ज्ञापन

सामाजिक, आध्यात्मिक र मानवअधिकार आन्दोलनका सशक्त योद्धा बिष्णुप्रसाद  बरालले आम मतदाता सहयोगी र शुभचिन्तकलाई धन्यवाद दिँदै प्रतिस्पर्धि पहारीलाई बधाई ज्ञापन गर्नु भएको छ ।

निर्वाचनमा सहभागी मतदाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै अध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद बरालले क्याम्पसको उज्ज्वल भविष्यका लागि नीति र नेतृत्वमा स्पष्टता, दृढता तथा आम अभिभावकलाई जोडिराख्ने चुनौती सामना गर्नुपर्ने प्रमुख दायित्व रहेको बताउनु भयो ।

Author

Related News