पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा मौलिक भाकाको तीज गीत ‘बरिलै सैंया’ सार्वजनिक भएको छ।
त्रिवेणी सङ्गीतको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा पुरानो मौलिक भाकालाई प्रस्तुत गरिएको छ।
नवराज बराल र सुकु हिराचनको शब्द तथा लय रहेको गीतमा पिङ्गला भट्ट, रिता काफ्ले,दिपा शर्मा, सानु जोजीजु, तुलसी शर्मा र सुकु हिराचनको आवाज रहेको छ।
बाँसुरी डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । प्रतिष्ठा कँडेल र श्वेता शर्माको नृत्य रहेको भिडियोको निर्देशन आरएन ढकालले गर्नु भएको छ ।
गीतको एरेञ्ज दिवस थापा मगर, मिक्सिङ्ग गोविन्द वली, भिडियोग्राफी इश्वर श्रेष्ठ र पोष्ट पोडक्सन फलानो क्रियसनले गरेको हो।