मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

६७ दलमध्ये ४१ ओटाले मात्रै ल्याए घोषणापत्र

काठमाडौँ । फागुन २१ गतेको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत ४१ ओटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् ।

निर्वाचन आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सीता पुनका अनुसार २०८२ फागुन ८ गते साँझसम्म ४१ ओटा राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरी त्यसको जानकारी निर्वाचन आयोगमा गराएका हुन् ।

प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिने दलको सङ्ख्या ६७ रहेको छ । समानुपातिकतर्फ भने ६३ दलका उम्मेदवार रहेका छन् । यसमध्ये ४१ ओटा राजनीतिक दलहरुले मात्र घोषणापत्र ल्याएका हुन् ।

आयोगका अनुसार निर्वाचनको घोषणापत्रप्रति राजनीतिक दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जबाफदेही बनाउने उद्देश्यले घोषणापत्र सार्वजनिक गर्न भनिएको हो । यससम्बन्धी व्यवस्था निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ मा पनि छ ।

Author

Related News