पोखरा । गण्डकी प्रदेश सभामा आयोजित एक आौपचारिक कार्यक्रमका बीच संसदीय पत्रकार मञ्च गण्डकीको चथो अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम संसदीय पत्रकार मञ्चको कार्यालयमै सम्पन्न भएको छ।
सभामुख कृष्णप्रसाद धितालले नयाँ कार्यसमितिलाई २०८२ साउन ९ गते सपथ ग्रहण गराउनु भएको हो ।
पदस्थापन समारोहमा उप-सभामुख बिनाकुमारी थापा, प्रदेश सचिव हरिराज पोखरेल, निर्वाचन समिति संयोजक रमेश पौडेल, सदस्यहरू लालप्रसाद शर्मा र केशवशरण लामिछानेको उपस्थिति रहेको थियो ।

विशन क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्ष रहेको र मञ्चले गरेका विगतमा सम्पन्न गरेका गतिविधिको बारेमा निवर्तमान अध्यक्ष भरत कोइरालाले जानकारी गराउनु भएको थियो ।
शपथ ग्रहणपछि अध्यक्ष क्षेत्रीले आफूलाई थप जिम्मेवारी महशुस भएको बताउदै मञ्चले अगाडि बढाएका कार्यक्रमहरूलाई निरन्तरता दिँने प्रतिबद्वता जनाउनु भयो ।
२०८२ असार २९ गते सम्पन्न मञ्चको छैठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट विशन क्षेत्रीको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको थियो ।

मञ्चको उपाध्यक्षमा अनुप पौडेल, सचिवमा युनिश गुरुङ र सहसचिवमा उमा आले निर्वाचित हुनु भएको छ ।
कार्यसमिति सदस्यहरूमा दुर्गा राना, विमल तिवारी, चन्द्रिका घिमिरे (अनिता), प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल रहनु भएको छ । संसदीय विटमा कलम चलाउने पत्रकारहरु आवद्ध मञ्चमा ३६ जना पत्रकार सदस्य रहेका छन् ।