नेपालमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एकजना राष्ट्रिय प्रयोगशालामा र ६ जना काभ्रेमा गरी सातजनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीले प्रयोगशालाले नियमित कोरोना परीक्षण गर्दै आएको जानकारी दिनुभयो।
विश्व स्वास्थ्य सङ्गठनले विभिन्न देशमा देखिएको कोरोना कडा नभएकाले नआत्तिन आग्रह गरेको छ ।
नेपाललगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घ रोगीलाई कोरोना सङ्क्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भन्दै सचेत रहन डा. पुनले आग्रह गर्नुभएको छ ।
नेपालमा थप कोरोना सङ्क्रमण फैलन नदिन सीमा नाकामा हेल्थ डेस्क राखेको इडिसिडीका निर्देशक डा. झाले जानकारी दिनुभयो ।