मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

विकासशील राष्ट्रमा नेपालको स्तोन्नति महत्वपूर्ण: प्रदेश प्रमुख भट्ट 

मधु पन्थी, पोखरा ।

गैरसरकारी संस्था महासङ्घ नेपाल गण्डकी प्रदेश समिति, पोखराको आयोजना तथा असल छिमेकी नेपाल र लिड्स नेपालको सहयोगमा २०८२ जेठ २३ गते पोखरामा आयोजित गण्डकी प्रदेशमा ‘स्तरोन्नतिको अवधारणा, आगामी कार्यदिशा, अवसर, चुनौती, रणनीतिक कार्ययोजना र सरोकारवालाहरूको भूमिका विषयक’ अन्तर्क्रियामा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले  सन् २०२६ सम्ममा नेपाल राष्ट्र अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पुगेको घोषणा गर्ने नेपाल सरकारको योजना बमोजिम अगाडि बढ्ने बताउनु भयो ।

प्रदेश प्रमुख भट्टले अन्तरक्रिया तथा  छलफलले प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुहुँदै अब विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचिकृत गर्न नेपाल अघि बढेको सन्दर्भमा यो अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने महत्वपूर्ण अवसर रहेको बताउनु भयो ।

Author

Related News