मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौँ । विभिन्न १० ओटा कम्युनिष्ट घटकबिचको एकताबाट बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ले घोषणापत्र सार्वजनिक गरेको छ ।

भृकुटीमण्डपमा २०८२ कात्तिक १९ गते आयोजित एकतासभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गर्नु भयो ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित साना बाम घटक र समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा गरिएको जानकारी दिइएको छ ।

राष्ट्रिय सम्मेलनले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयोजक र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई सहसंयोजक चुनेको छ ।

यो पार्टीमा २०७५ सालमा बनाइएको नेकपाकालीन नौ सदस्यीय सचिवालय समितिका पाँच जना रहेका छन् ।

दाहाल र नेपालसँगै पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व उपप्रधानमन्त्री बामदेव गौतम, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टीको शीर्ष तहमा रहनु भएको जनाइएको छ ।

Author

Related News