मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नेपाली कम्युनिष्ट पार्टीले पारित गर्‍यो नौ प्रस्ताव

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ठ पार्टीको राष्ट्रिय सम्मेलनले एकतासम्बन्धी नौ बुँदे प्रस्ताव पारित गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा २०८२ कात्तीक १९ गते आयोजित राष्ट्रिय सम्मेलनबाट नौ ओटा प्रस्ताव पारित भएको सो पार्टीका नेता वर्षमान पुनले पढेर सुनाउनु भएको थियो ।

पारित नौ ओटा प्रस्तावः

१. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको छ ।

२. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ ।

३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य निर्णय गरेको छ ।

४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजनकाे काम गर्ने, यस अगाडी सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।

५. केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजक निर्वाचित भएपछि संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।

६. विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछ ।

७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैङ्क सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको हुनेछ ।

८. नेपाली कम्युनिष्ट पार्टीको अन्तरिम विधान र घोषणा पत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ ।

९. नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ ।

Author

Related News