मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

एसिटीविरुद्ध नेपालद्वारा ४१ रनको जीत हासिल

ललितपुर । अस्ट्रेलियाको क्रिकेट एसिटीविरुद्ध नेपालले ४१ रनको विजयी हासिल गरेको छ । २०८२ भदौ १० गते टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ८ विकेट गुमाउँदै १७७ रन बनायो ।

ओपनर आशिफ शेखले ३९ बलमा ६९ रन प्रहार गर्नु भयो भने कप्तान रोहित पौडेलले २६ रन जोड्नु भयो ।

१७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमै १३६ रनमा समेटियो । सन्दीप लामिछानेले ३१ रन दिँदै ५ विकेट लिनु भयो । करण केसीले २ तथा रुपेश सिंह, कुशल भुर्तेल र गुल्सन झाले एक-एक विकेट लिनु भयो ।

नेपालले अगस्ट २६ देखि ३० सम्म एसिटी र साउथ अस्ट्रेलियासँग दुई-दुई ओटा टी-२० तथा एकदिवसीय अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।

Author

Related News