मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेपाल सम्वत् ११४६ सुरू

ललितपुर । नेपाल सम्वत् ११४६ आज २०८२ कात्तिक ५ गतेदेखि सुरु भएको छ । देशभर विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरू आयोजना गरी नेपाल सम्वत् नयाँ वर्षका रूपमा मनाइँदैछ ।

नेवार समुदायले यो सम्वत्लाई आफ्नो मौलिक नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने परम्परा रहेको भएपनि हाल नेपाल सम्वतलाई अन्य समुदायले पनि क्रमैसङ्ग अपनत्व लिन थालेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ. स. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को प्रारम्भ गरेका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्वत् लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि सुरु भएको हो र पृथ्वीनारायण शाहको शासनकालसम्म यसले राष्ट्रिय सम्वत्को मान्यता पाएको थियो ।

कात्तिक कृष्ण औँसीका दिन पुराना बहीखाता बन्द गरी कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुवात गर्ने परम्परा अझै काठमाडौं उपत्यकामा जीवित छ, जसले नेपालको मौलिक इतिहास र सांस्कृतिक समृद्धिलाई झल्काउँछ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु गरिएको थियो ।

गरिब जनताको ऋणमोचन गरी सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नु भएका शङ्खधर साख्वालाई विसं २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गर्नु भएको थियो ।

त्यसपछि विसं २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गर्नु भएको थियो ।

Author

Related News