मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेपालद्वारा वेस्ट इन्डिज १९ रनले पराजित

ललितपुर । दुई पटक (सन् २०१२ र २०१६)को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको छ ।

शारजाहमा भएको तीन टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पहिलोपटक फुल टेस्ट टोलीविरुद्ध खेल्दै विजयी भएको हो ।

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रनमा समेटियो ।

नेपालका कुशल भुर्तेलले २ विकेट लिए भने नन्दन यादव, ललित राजवंशी, रोहित पौडेल र करण केसीले समान १ विकेट हात पार्नु भयो ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । कप्तान रोहित पौडेलले ३८, कुशल मल्लले ३० र गुल्सन झाले २२ रनको योगदान दिनु भयो । वेस्ट इन्डिजका जेसन होल्डरले ४ तथा नभिन विदाइसीले ३ विकेट लिनु भएको थियो ।

Author

Related News