मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

फुटबलमा ताजकिस्तानसँग नेपाल ४-० ले पराजित

ललितपुर । २३ वर्षमुनिको एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ ।

गएराति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को पहिलो खेलमा नेपाल ताजकिस्तानसँग ४–० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले एक–एक गोल गर्नु भएको थियो ।

नेपालले २०८२ भदौ २१ गते शनिबार सिरियासँग खेल्ने छ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।

सिरियाले २०८२ भदौ १८ गते भएको खेलमा फिलिपिन्सलाई २–१ गोलले हराएको छ । समूह ‘के’ मा नेपालसहित, ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् ।

Author

Related News