मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

यूएईलाई एक रनले हराउँदै नेपालको रोमाञ्चक जित

ललितपुर । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणको खेलमा नेपालले यूएईमाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो । अलिशान सराफूले ५८ र ध्रुव पराशरले ३८ रन बनाए पनि टिमलाई जित दिलाउन सक्नु भएन ।

एक समय ८२-१ को अवस्थामा रहेको यूएई ९९-६ मा झर्दा नेपाल खेलमा फर्किएको थियो । अन्तिम ओभरमा १० रन आवश्यक हुँदा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाउनु भयो । उहाँले ४ ओभरमा २२ रन दिँदै ३ विकेट लिनु भयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । आसिफ शेखले ५१ रन, कुशल भुर्तेलले २८ रन र रोहित पौडेलले २० रनको योगदान दिनु भयो ।

नेपालको जितसँगै विश्वकप छनोटको अन्तिम चरणतर्फको यात्रामा महत्वपूर्ण कदम अघि बढाएको छ ।

Author

Related News