मानव आवाज

२०८३ श्रावण ६ गते
00: 00: 00
२०८३ श्रावण ६ गते

ललितपुरमा राष्ट्रव्यापी ‘प्रणामी कप’ फुटसल प्रतियोगिता र सामूहिक पदयात्रा हुने

ललितपुर । ‘दुर्व्यसन त्यागौं, सेवामुखी बनौं’ भन्ने मूल नाराका साथ सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरण सञ्चालन गर्दै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रारम्भिक समिति इमाडोलको आयोजनामा राष्ट्रव्यापी प्रणामी कप फुटसल प्रतियोगिताको आयोजना गरिएको सन्तोष दाहालले जानकारी दिनु भएको छ ।

प्रतियोगिता २०८२ कात्तिक २१ र २२ गते सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, ललितपुर जिल्ला समितिको संयोजन तथा महालक्ष्मी नगरपालिका वडा नम्बर १ को सहयोगमा सम्पन्न हुने बताइएको छ ।

यस्तै, परिषद्को प्रारम्भिक समिति लामाटारको आयोजनामा २०८२ कात्तिक २९ गते शनिबार सामूहिक पदयात्रा कार्यक्रमसमेत आयोजना गरिएको छ ।

पदयात्रा महालक्ष्मी नगरपालिका-९ र १० का रमणीय स्थानहरू हुँदै सञ्चालन हुनेछ । कार्यक्रममा सहभागीहरूले प्राकृतिक दृश्यावलोकन, स्थानीयस्तरमा उत्पादित गुन्द्रुक तथा अन्य अर्गानिक परिकारको स्वाद, साथीसँग भेटघाट तथा सहरी जीवनको व्यस्तताबाट एक दिनको विश्राम अनुभव गर्ने अवसर पाउने आयोजकले जानकारी दिएको छ ।

Author

Share the News

Recent News

Related News