मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

राष्ट्रिय व्यापार सङ्घको सर्म्पक समिति गठन

पोखरा । नवलपरासी पूर्व जिल्लामा अखिल नेपाल राष्ट्रिय उध‍ोग व्यापार सङ्घ जिल्ला सम्पर्क समिति २०८२ असार २१ गते गठन भएको अखिल नेपाल राष्ट्रिय ध‍ग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलले जनचासोलाई जानकारी दिनु भयो ।

सम्पर्क समितिको जिल्ला संयोजकमा दयाराम पौडेल तथा सदस्यहरूमा रूपनारायण महतो, धनबहादुर लुङ्गेली, टङ्क पौडेल र सूर्य छन्त्याल रहनु भएको छ ।

समितिको पहिलो बैठकले आगामी असोज ४ गते सङ्घको जिल्ला भेला गर्ने निर्णय भएको पौडेलले बताउनु भयो ।

भेलामा केन्द्रीय अध्यक्ष ढाकाराम पौडेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसी सापकोटा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, नेकपा (मसाल) नवलपरासी पूर्वका प्रवक्ता चन्द्र सापकोटा लगायतकाले शुभकामना राख्नु भएको थियो ।

Author

Related News