मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मुस्लिम आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा २०८२ साउन ३० गते आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन पेस गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउँदै राज्यले सबैप्रति समभावले हेर्नु पर्ने बताउनु भयो ।

उहाँले मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको र आगामी दिनमा आयोगले यो दायित्व अझ प्रभावकारी ढङ्गले निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । (फोटोः राष्ट्रपतिको कार्यालय)

Author

Related News