मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नगर प्रहरी प्रमुख पाण्डेको रिट खारेज, निलम्बन निर्णय कार्यान्वयनमा

ललितपुर ।  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिट निवेदन खारेज गरेको छ ।

न्यायाधीश डालकुमार खड्का र दीपक खनालको इजलासले दिएको निर्णयसँगै पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरिएको अन्तरिम आदेश पनि स्वतः निष्क्रिय भएको छ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत (सीएओ) सरोज गुरागाईंले पदीय आचरण विपरीत कार्य गरेको आरोपमा नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गरेका थिए ।

सो निर्णयलाई पाण्डेले गैरकानूनी भन्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए । अदालतले प्रारम्भिक रूपमा अन्तरिम आदेश जारी गरेपछि पाण्डे पुनः काममा फर्किएका थिए ।

तर, अब अदालतले रिट नै खारेज गरेपछि अन्तरिम आदेश पनि समाप्त भएको छ । त्यसअनुसार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको निलम्बन निर्णय यथावत् रहनेछ ।

यो विवाद काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीचको लामो समयदेखिको मतभेदसँग पनि जोडिएको मानिएको छ ।

गुरागाईंको कार्यकक्ष प्रवेश रोकिएपछि उत्पन्न तनावका क्रममा नगर प्रहरी र सीएओ पक्षबीच झडपसमेत भएको थियो ।

Author

Related News