मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेपालमा हरेक वर्ष २ हजार ५ सयभन्दा बढी नयाँ ब्रेन ट्युमरका बिरामी

ललितपुर । नेपालमा हरेक वर्ष करिब २ हजार ५ सय जनादेखि २ हजार ६ सय जना नयाँ ब्रेन (मस्तिष्क) ट्युमरका बिरामी पहिचान हुने अनुमान गरिएको छ ।

विश्व मस्तिष्क ट्युमर दिवसको अवसरमा २०८२ जेठ २५ गते वीर अस्पतालले सार्वजनिक गरेको राष्ट्रियस्तरको तथ्याङ्कले यस्तो देखाएको हो।

वीर अस्पतालअन्तर्गत राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले देशभर रहेका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रहरूबाट मस्तिष्क ट्युमर भएका १ हजार ७ सय ३९ जना बिरामीहरूको तथ्याङ्क सङ्कलन गरी अध्ययन गरेको थियो।

न्युरो सर्जरी विभागका प्रमुख तथा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष प्रा.डा. राजीव झाले उक्त अध्ययनका आधारमा नेपालमा हरेक वर्ष करिब २ हजार ५ सय जनादेखि २ हजार ६ सय जना नयाँ मस्तिष्क ट्युमरका बिरामी पहिचान हुने अनुमान गरिएको जानकारी दिनुभयो।

अध्ययनअनुसार सबैभन्दा बढी ‘ग्लायोमा’ प्रकारका ट्युमर देखिएका छन्। अधिकांश बिरामीलाई शल्यक्रिया, विकिरण तथा किमोथेरापी लगायतको उपचार सेवा आवश्यक परेको प्रा.डा. झाको भनाइ छ।

उहाँले मस्तिष्क ट्युमरका बिरामीको उपचार परिणाम क्रमशः सुधारोन्मुख रहेको उल्लेख गर्नुभयो।

यो तथ्याङ्कले नेपालमा मस्तिष्क ट्युमरसम्बन्धी थप अनुसन्धान, जनचेतना अभिवृद्धि तथा वैज्ञानिक नीतिनिर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

Author

Related News