मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

बाढीपीडितको उद्धार तथा राहतका लागि एमएम ग्रुपद्वारा १० लाख रुपियाँ सहयोग

ललितपुर । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एमएम ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ सहयोग गरेको छ ।

बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै ग्रुपले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै, बाढीका कारण प्रभावित तथा सम्पर्कविहीन भएका नागरिक र सङ्कटमा परेका परिवारसम्म तत्काल राहत तथा आवश्यक सहयोग पुग्नुपर्नेमा जोड दिएको छ ।

एमएम ग्रुपले विपद्को यस कठिन घडीमा प्रभावित समुदाय, स्थानीय तहका अधिकारी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य पहिलो उद्धारकर्तासँग ऐक्यबद्धता जनाउँदै उद्धार तथा राहत कार्यमा आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ ।

ग्रुपले विपद्का कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्षलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आह्वान गरेको छ ।

Author

सम्बन्धित समाचार